Rescue Assistant
मानवसेवा आश्रम
मानवसेवा आश्रम एक गैरनाफामूलक सामाजिक संस्था हो, जसको स्थापना २९ अगस्ट २०१२ मा मकवानपुर जिल्लाको हेटौडामा गरिएको हो। यस संस्थाको मुख्य उद्देश्य नेपाललाई ‘सडक मानवमुक्त देश’ बनाउनु हो। आश्रमले सडक, खुला आकाशमुनि, सार्वजनिक स्थान तथा नदीकिनारामा अत्यन्त दयनीय अवस्थामा जीवनयापन गर्न बाध्य भएका अति विपन्न, अशक्त, अपाङ्ग, घरबारविहीन, शारीरिक रूपमा कमजोर तथा मानसिक वा मनोवैज्ञानिक रूपमा अस्वस्थ व्यक्तिहरूको उद्धार र पुनःस्थापना गर्ने कार्य गर्दै आएको छ।
पद : उद्धार सहजकर्ता (Rescue Assistant)
आवश्यक ठेगाना :काठमाडौँ ,हेटौडा , बीरगञ्ज , पोखरा , चितवन, लमजुङ, जनकपुर, सर्लाही
आवश्यक योग्यता:
न्यूनतम +२ उत्तीर्ण वा स्नातक तह (सम्बन्धित विषय)
आवश्यक सीप तथा दक्षता:
सशक्त सञ्चार तथा समन्वय क्षमता
अभिलेखीकरण तथा प्रतिवेदन लेखन सीप
आधारभूत कम्प्युटर ज्ञान
फिल्डमा काम गर्न सक्ने क्षमता
टिमवर्क तथा समस्या समाधान गर्ने क्षमता
जिम्मेवारी तथा कार्यविवरण:
1. उद्धार तथा पुनःस्थापना विभागप्रति जवाफदेही रहने।
2. उद्धार तथा पुनःस्थापनासम्बन्धी फोन कलहरू प्राप्त गर्ने।
3. उद्धार कार्यका लागि स्थानीय निकाय, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग समन्वय तथा सहजीकरण गर्ने।
4. शाखामा नियमित QRT बैठक सञ्चालन गरी उद्धार योजना तयार गर्ने र जिम्मेवारी बाँडफाँड गर्ने।
5. उद्धार कार्यका लागि आवश्यक स्रोत–साधन तयारी तथा परिचालन गर्ने।
6. उद्धारमा जानुअघि चेकलिस्टअनुसार आवश्यक सामग्री उपलब्ध भए/नभएको सुनिश्चित गर्ने।
7. उद्धार स्थलमा रहेका तथा उद्धार गरिएका व्यक्तिहरूको भावी व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने।
8. मासिक प्रतिवेदन तयार गरी सम्बन्धित निकाय तथा विभागमा पेश गर्ने।
9. नियमअनुसार नियमित सडक अनुगमन गर्ने।
10. सार्वजनिक तथा उद्धारसम्बन्धी फोन कलहरूलाई प्राथमिकता दिँदै तुरुन्त घटनास्थलमा पुगेर अवस्था मूल्यांकन गरी व्यक्तिकेन्द्रित सेवा प्रदान गर्ने।
11. उद्धार कार्यमा पारदर्शिता, प्रशासनिक पालना, वैधानिकता तथा उपयुक्तता सुनिश्चित गर्न, सामाजिक सञ्जाल आचारसंहिता र डिजिटल गोपनीयता कायम राख्दै फेसबुक लाइभ गर्ने तथा आवश्यक फोटो खिच्ने।
12. उद्धारका क्रममा आवश्यक प्रशासनिक तथा अन्य कागजात घटनास्थलमै भर्ने, उपस्थित साक्षी तथा सम्बन्धित व्यक्तिहरूको हस्ताक्षर लिने र उपस्थिति अभिलेख राख्ने।
13. स्थानीय निकायबाट अनिवार्य सिफारिस/स्वीकृति प्राप्त गर्ने।
14. उद्धार गरिएका व्यक्तिको छोटो भिडियो क्लिप तयार गरी पारिवारिक पुनर्मिलनमा सहयोग पुगोस् भनी शाखाको फेसबुक पेजमा पोस्ट गर्ने।
15. उद्धार गरिएका व्यक्तिको सम्पूर्ण विवरण संकलन गरी प्रणाली प्रविष्टिका लागि शाखा कार्यालय सचिवलाई बुझाउने।
16. शाखामा तीन महिना देखि आश्रित रहेका व्यक्तिहरूको पहिचान गरी प्रत्येकको पारिवारिक पुनर्मिलन सम्भाव्यता अध्ययन फाराम भरी अभिलेखीकरणका लागि कार्यालय सचिवलाई बुझाउने।
17. आश्रितहरूको पुनर्मिलनका लागि नियमित परामर्श सेवा प्रदान गर्ने र पहिचान स्थापित भएमा निर्धारित कार्यतालिका अनुसार पुनर्मिलन सेवा अगाडि बढाउने।
18. प्रत्येक घटनाको अभिलेख राखी प्रतिवेदन पेश गर्ने।