
मानव सेवा आश्रम मकवानपुर, हेटौंडामा २९ अगस्ट, २०१२ मा स्थापना गरिएको एक गैर-नाफामूलक सामाजिक संस्था हो, जसले अति जोखिममा परेका, गरिब, अपाङ्गता, घरबारविहीन, शारीरिक रूपमा कमजोर मानिसहरूको सहयोग गरी नेपाललाई 'सडकमानसिक मुक्त राष्ट्र' बनाउने र मानसिक वा मनोवैज्ञानिक रूपमा अपाङ्गता भएका मानिसहरू जो खुला आकाश ,सडक र सार्वजनिक स्थानहरूमा दुःखी जीवन बिताउन बाध्य छन्, उनीहरुको सेवा गर्ने उद्देश्यमा समर्पित छ ।
हाम्रो चाहनाः सबैको लागि खाना, साबैको लागि नाना र सबैको लागि छाना
हाम्रो प्रतिवद्धताः सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर)...
Read
More
हाम्रो चाहनाः सबैको लागि खाना, साबैको लागि नाना र सबैको लागि छाना
हाम्रो प्रतिवद्धताः सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर)...

जनजनमा मानवता, परोपकार, सामाजिक भावनाको विकास गराई असल र चरित्रवान नागरिक निर्माण गर्ने अभीष्टसाथ २०६६ सालदेखि नै देशका विभिन्न स्थानमा ‘सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन’ नामक गैरनाफामूलक सामाजिक संस्थाको माध्यमबाट रचनात्मक कार्यक्रमहरू आयोजना हुँदै आइरहेको थियो ।
मकवानपुर जिल्लामा संस्थाको सेवा विस्तार भएको एक वर्ष पूरा भएको सन्दर्भमा २०६९ साल जेठ २१ गतेदेखि २७ गतेसम्म विभिन्न साताव्यापी कार्यक्रमहरू तय गरियो । जसमध्ये जेठ २३ गते हेटौंडाको सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी सडकमानवहरूसँगको सहभोज कार्यक्रम आयोजना भयो ।
हेटौंडाका विभिन्न सडकपेटी एवं सार्वजनिक स्थलहरूमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडकमानवहरूका लागि आयोजना भएको एकदिने सहभोज कार्यक्रम अत्यन्त भव्यताका साथ सफल भयो ।
वर्षौंदेखि चैत वैशाखको प्रचण्ड गर्मी र पुस-माघको कठ्याङ्ग्रिँदो ठण्डीमा अति कष्टपूर्ण जीवन बिताउन विवश, स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने तथा हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका, खुला आकाशलाई छानो र चि...
"मानवताको देश, नेपाल" को सृष्टिकर्ताप्रति प्रतिबद्ध हुन।
नेपाललाई सडक मानिसविहीन बनाउन, विश्वभर खुला आकाशमुनि रात बिताउन बाध्य मानिसहरूको जीवन रक्षाका लागि समर्पित हुनु ।
मानव सेवा आश्रम रहेको प्रत्येक स्थानलाई सामाजिक पर्यटन क्षेत्रको रूपमा विकास गरी मानविकी, परोपकार र सामाजिक विषयको अध्ययन र अवलोकनका लागि अत्यन्त प्रभावकारी गन्तव्यको रूपमा विकास गर्ने ।
स्वरोजगार र सीपमा आधारित तालिम कार्यक्रम विस्तार गर्ने ।
आश्रमलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम र साना उद्यम सञ्चालन गर्ने ।
आश्रममा आश्रितहरूको स्वास्थ्य लाभको लागि निकट भविष्यमा मानसिक स्वास्थ्य लाभ केन्द्र (मानसिक अस्पताल) सञ्चालनमा ल्याउने ।
परिवार भए पनि दिनभर घरमा एक्लै कष्टकर जीवन बिताउन बाध्य भएका ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र सञ्चालन गर्ने ।
देशैभर छाडा जनावर र चौपायाको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गर्ने ।
मानवताको प्रवद्र्धनका लागि जनसहभागिता अभिवृद्धि गर्न देशका सबै प्रदेश, ७७ जिल्ला र कम्तीमा ५० वटा प्रमुख देशमा नेपालीसहित
मानवीय समूह गठन गरिनेछ ।
जनतामा सत्य, न्याय, अनुशासन, दया, माया, करुणा, अहिंसा जस्ता मानवीय गुणलाई कार्यान्वयन गर्न कार्यक्रम सञ्चालन गर्ने ।
घरबारविहीन, असहाय र जीवनको जोखिममा परेका, मानसिक रूपमा अपाङ्गता भएका, अनाथ, अपाङ्गता भएका र खुल्ला सडकमा जीवन बिताउन बाध्य भएका असहाय मानवजातिको मानवीय व्यवस्थापन गर्ने । (असहाय, अनाथ, अपाङ्ग, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर, ज्यान जोखिममा रहेका) सडकमा निर्भर मानवरहित राष्ट्र नेपाल घोषणाका लागि आवश्यक तयारी पूरा गरी घोषणाको पहल गर्न आवश्यक छ ।