स्कुटर खरिदको बोलपत्र आहवान सम्बन्धी सूचना
हाल सञ्चालनमा रहेका मानवसेवा आश्रमका शाखाहरुको सेवा प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि जम्मा २३ (तेइस) थान स्कुटरहरूको आवश्यकता परेकोले बिक्री गर्न इच्छुक आपूर्तिकर्ता/बिक्रेताहरूलाई यो सूचना प्रकाशिन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र बोलपत्र पेश गर्न अनुरोध गरिन्छ ।
बोलपत्र खरिद प्रक्रियाः
१. बोलपत्र खरिदका लागि, मानवसेवा आश्रमको NMB Bank Limited अन्तर्गत MANAVSEWA ASHRAM-PROCUREMENT DEPARTMENT खातामा, खाता नम्बर ०९०००७६४४७८०००२७ र शाखा कोड ०९० मा रू १,००० (अक्षरेपी एक हजार मात्र) जम्मा गरी प्राप्त नगद रसिद सहित बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ ।
२. नगद रसिद जसको नाममा जारी गरिएको छ, सोही नाममा रहेको विक्रेताले मात्र बोलपत्रमा सहभागी हुन पाउनेछन् ।
३. मानवसेवा आश्रमको नियमानुसार, बोलपत्र दस्तुर रू. १,००० (फिर्ता नहुने) बुझाई बोलपत्र फाराम कार्यालयबाट उपलब्ध गराइनेछ ।
४. यस खरिद प्रक्रियामा अधिकारिक बिक्रेताहरू (Sole Distributor) मात्र सहभागी हुन पाउनेछन् ।
बोलपत्रमा संलग्न गर्नुपर्ने कागजातहरू:
१. नवीकरण गरिएको फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र वा म्याद थप भएको प्रमाणपत्र ।
४. खरिद कारवाहीमा नपरेको स्वयं घोषणा पत्र ।
५. रु. १,००० (अक्षरेपी एक हजार मात्र) तिरेको नगद रसिद ।
विशेष जानकारीः
सार्वजनिक बिदा परेको अवस्थामा, बिदा समाप्त भएको पहिलो कार्यदिवस भित्र बोलपत्र पेश गर्न सकिनेछ ।
बोलपत्र सूचना समाप्त भएको मितिले सात दिन भित्र अपराह्न २ः०० बजे, मानवसेवा आश्रम
रानीवन शाखामा बोपपत्रदाताहरु समेतको प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछन् । प्रतिनिधिहरू उपस्थित नभएमा बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन ।
यस कार्यालयबाट उपलब्ध गराइएको स्पेशिफिकेसन अनुसार प्राप्त नभएका बोलपत्रमाथि कुनै कारबाही गरिने छैन ।
कबुल गरेको दररेट अंक र अक्षरमा स्पष्ट बुझिनेगरी उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको दरलाई मान्यता दिइनेछ ।
बोलपत्र खोल्नु अघि सम्बन्धित पक्षहरूलाई जानकारी दिइनेछ ।
बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
थप जानकारीका लागि मानवसेवा आश्रम रानीवन शाखामा सम्पर्क गर्नुहोला ।
सम्पर्क कार्यालय
मानवसेवा आश्रम, रानीवन
नाम : लिलेश कुमार यादव / राजु चौलागाई
फोन नम्बर : ९८५५०७६०८९/९८५५०७६०२१