सादर निमन्त्रणा

Published Date : 2081-05-27
deadline : 2081-06-15

भोली भाद्र २८ गते शुक्रबार ठीक १ बजे मानवसेवा आश्रम नागर्जुन नगरपालिका वडा नं १ रानीवन सेवा केन्द्रमा अग्रज पत्रकारज्यु हरु सँग "सहयोगापेक्षी बेसहरा सडकआश्रित मानवहरुका कुरा" विषयक अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ । मानवसेवा आश्रम र आनी छोईङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा यो पटकको चाडपर्वमा कसैले बस्न पर्दैन सडकपेटीमा भन्ने भावना बोकेर असोज १५ गते देखि छठको दिन सम्म सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार सेवाको लागि "मेचीमहाकाली राष्ट्रीय उद्दार यात्रा - २०८१" हुँदैछ । सो सम्बन्धमा जानकारी गराउने र विचार विमर्श गर्ने अभिष्टले आयोजित कार्यक्रममा हजुरको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।

मानवीय सेवामा,

आनी छोईङ डोल्मा

अध्यक्ष

आनी छोईङ डोल्मा फाउण्डेसन

रामजी अधिकारी

अध्यक्ष

मानवसेवा आश्रम

(मानवता प्रवर्द्दन महाअभियान)

कार्यक्रमको बारेमा थप जानकारीको लागि : 9855076001, 9855076003, 9855076004

Supporting Document