Published Date 2081-03-09

मानवसेवा आश्रमका विभिन्न शाखाहरुद्धारा असार १ गतेदेखि असार ०७ गतेसम्मको एक हप्ताको अवधीमा २८ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार भएको छ । आफ्नै परिवारबाट अपहेलित भई सडकमा आईपुग्नुभएका देखि साहाराको लागि कोही नभएका सम्मका मानवहरुको विभिन्न दयनिय अवस्थाबाट उद्धार गरिएको हो । उद्धारसँगै २८ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुले आश्रमको छाहारी पाउनुभएको छ । यस्तै, सोही अवधीमा १० जनाको परिवार खोजी सफल पारिवारीक पुर्नमिलन समेत भएको छ ।