Published Date 2081-01-11

समाजसेवी तथा लोकप्रिय गायिका आनी छोईङ डोल्मा ज्युको कन्सर्टलाई सफल बनाउन बेलायतस्थित १२ वटा संघ संस्थाले समर्थन प्रदान गरेका छन् । बुद्ध फाउन्डेसन युके, बुद्ध गुम्बा रिडिङ युके, द बुद्धिस्ट एसोसिएसन युके, शिव साँस्कृतिक तथा सामुदायिक केन्द्र युके तमु धी युके पसा पुछा गुठी युके – (लन्डन), क्षेत्री समाज क्याट–युके, चितवन बृहत्तर रश्मूर नेपाली समुदाय नेपाली गाउँ पोखरेली मञ्च–युके, मगर संघ यूके लगायतका संघ संस्थाले समर्थन जनाएका हुन । १२ वटा संघ संस्थाहरुले ५० ५० वटा टिकट खरिद गरेर कन्सर्टको गर्न सहजीकरण गरेका हुन् ।

मानवसेवा आश्रम सहयोगार्थ आगामी मे ५ मा मानवता प्रवर्द्दनको क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा आनी ज्युको सांगीतिक प्रस्तुती हुर्दैछ । यसो, त उक्त सांगीतिक यात्राको तयारीको लागि नेपालबाट व्यवस्थापकिय टोली शुक्रबार अर्थात बैशाख ०७ गते बेलायत प्रस्थान गरिसकेका छन् ।