Published Date 2080-11-14

दुबै खुट्टा र कम्मरमा टाकाँ लगाईएको घाउँ लिएर गत १८ दिनदेखि फलामे साङ्गलोमा बाधिँएका अन्दाजी ३० वर्षिय रमेशको मानव सेवा आश्रम सर्लाही शाखाले सोमबार अर्थात फाल्गुन १४ गते उद्धार गरेको छ । रौतहट चन्द्रपुर न.पा. वडा नं.२ जुडिवेला, नयाँटोल बाट उहाँको उद्धार गरिएको हो । मानसिक अवस्था समेत कमजोर भएका उहाँलाई बेवारिसे अवस्थामा बाटोमा भेटाईएको स्थानीयले बताएका छन् ।

हाल सम्म उहाँको पहिचान समेत खुल्न सकेको छैन् । पहिचान खुल्न नसकेकाले उहाँलाई संरक्षणको लागि मानवसेवा आश्रम सर्लाही शाखामा राखिएको छ ।