Published Date 2080-08-21

मानवसेवा आश्रमको नेपालगंज शाखा कार्यालयले ‘आमा सेमिनार’ गर्ने भएको छ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) शाखा कार्यालय नेपालगंजले आगामी मङ्सिर २७ गते, बुधबार नेपालगंजको क्यु.एफ.एक्स सिनेमा हलमा सेमिनार गर्ने तय गरेको हो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफुलाई जन्मदिने माता पिताको महत्वबोध गराई प्रेम, सद्भाव र करुणालाई जन–जनमा पु¥याउने उद्देश्यले आमा सेमिनार भईरहेको छ ।

विगत १५ बर्षदेखी उत्प्रेरणात्मक कार्यक्रमहरुको सहजीकरण गर्दै आईरहनुभएका मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले प्रस्तुती गर्नुहुनेछ । उहाँले हालसम्म झण्डै १ हजार बढी यस प्रकारका उत्प्रेरणात्मक कार्यक्रमहरुको सहजीकरण गरिसक्नुभएको छ ।

सडकमा रहेका आमावुबाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व बोध गराउन र समाजमा सकारात्मत्मक सन्देश दिन उक्त कार्यक्रम आयोजना गरेको हो । आश्रमले कोही पनि घरपरिवार तथा समाजबाट परित्यक्त भई सडकमा आउन नपर्ने अवस्था सिर्जना गर्न निरन्तर असल, चरित्रवान् संस्कारित नागरिक निर्माणका लागि आमा सेमिनार जस्ता उत्प्रेरणात्मक, चेतनामूलक एवं परिणाममुखी रचनात्मक कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

नोट ः १५ बर्ष भन्दा साना बालबालिकालाई प्रवेश दिईने छैन् । प्रवेशका लागि निमन्त्रणा कार्ड अनिवार्य छ ।