
Mother seminar has been completed at birgunj.
Published Date 2080-04-13
पर्साको वीरगंजमा आमा सेमिनार भव्यताको साथ सम्पन्न भएको छ । मानवसेवा आश्रमको आयोजनामा भएको कार्यक्रममा झण्डै ८०० जनाको सहभागीता रहेको थियो ।
नेपाल सरकारका माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल ज्यूको प्रमुख आतिथ्यतमा भएको कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी ज्यूले गर्नुभएको थियो ।
मातृत्व र मातृभूमिप्रतिको दायित्व बोध गराउने, माता पिता र गुरुजनहरुप्रति सम्मान भाव बढाउने र पारिवारीक सुसम्बन्ध स्थापित गराई कसैलेपछि अपहेलित भई कष्टपूर्ण जीवन विताउन नपर्ने अवस्था निर्माणको लक्ष्य राखी मानवसेवा आश्रमले आमा सेमिनार आयोजना गर्र्दै आइरहेको छ ।
वीरगंज पछि लमजुङ र पोखरामा आमा सेमिनारको तयारी भइरहेको छ ।