Operation Officer

Published Date : 2083-03-19
deadline : 2083-04-05

अपरेशन अधिकृत (Operations Officer)

पदको उद्देश्य (Job Purpose)

मानवसेवा आश्रमका विभिन्न विभाग, शाखा तथा कार्यक्रमहरूको दैनिक सञ्चालन प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यक्ष सहयोग गर्ने, विभागहरूबीच समन्वय कायम गर्ने, निर्णय कार्यान्वयनको अनुगमन गर्ने तथा संस्थाको सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्थापकीय सहयोग प्रदान गर्ने।

प्रमुख जिम्मेवारीहरू (Key Responsibilities)

१. सञ्चालन व्यवस्थापन

• संस्थाका सम्पूर्ण विभागहरूको दैनिक सञ्चालनको नियमित अनुगमन गर्ने।

• विभागीय कार्ययोजना अनुसार कार्य सम्पादन भए/नभएको समीक्षा गर्ने।

• विभागहरूबीच आवश्यक समन्वय कायम गर्न प्रमुख प्रशासकिय अधिकृतलाइ सहजिकरण गर्ने ।

• सञ्चालन सम्बन्धी समस्या पहिचान गरी समाधानका लागि सुझाव पेश गर्ने।

• संस्थाको दैनिक सञ्चालनमा देखिएका अवरोधहरूको तत्काल व्यवस्थापन गर्ने।

२. प्रमुख प्रशासकीय अधिकृतलाई व्यवस्थापकीय सहयोग

• प्रमुख प्रशासकीय अधिकृतबाट प्राप्त निर्देशनहरूको कार्यान्वयन सुनिश्चित गर्ने।

• बैठकबाट भएका निर्णयहरूको कार्यान्वयनको नियमित अनुगमन गर्ने।

• प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा तोकिएका प्रशासनिक तथा सञ्चालन सम्बन्धी कार्यहरू समन्वय गर्ने।

• विभिन्न विभागबाट प्राप्त प्रतिवेदनहरूको विश्लेषण गरी आवश्यक निष्कर्ष प्रस्तुत गर्ने।

३. विभागीय समन्वय

• सवै विभागबीच प्रभावकारी सञ्चार तथा समन्वय कायम गर्ने।

• विभागीय कार्यसम्पादनमा देखिएका दोहोरोपन, कमजोरी तथा ढिलाइ न्यूनीकरण गर्ने।

• संयुक्त कार्यक्रम तथा परियोजनाको सञ्चालनमा समन्वय गर्ने।

• आवश्यक परे अन्तरविभागीय बैठक आयोजना गर्ने।

४. अनुगमन तथा सुपरिवेक्षण

• विभाग तथा शाखाहरूको नियमित तथा आकस्मिक अनुगमन गर्ने।

• सेवा प्रवाहको गुणस्तर मूल्याङ्कन गर्ने।

• SOP, नीति तथा कार्यविधिको पालना भए/नभएको निरीक्षण गर्ने।

• अनुगमन प्रतिवेदन तयार गरी प्रमुख प्रशासकीय अधिकृतलाई पेश गर्ने।

५. कार्यसम्पादन व्यवस्थापन

• विभागीय मासिक तथा त्रैमासिक प्रगति समीक्षा गर्ने।

• KPI तथा लक्ष्य प्राप्तिको अवस्था विश्लेषण गर्ने।

• कमजोर कार्यसम्पादन भएका विभागहरूको सुधार योजना तयार गर्न सहजीकरण गर्ने।

• कार्यसम्पादन मूल्याङ्कन प्रक्रियामा सहयोग गर्ने।

६. शाखा सञ्चालन सहयोग

• देशभर रहेका शाखाहरूको सञ्चालन सम्बन्धी समस्या समाधानमा सहजीकरण गर्ने।

• शाखाहरूबाट प्राप्त गुनासा तथा आवश्यकताहरूको समन्वय गर्ने

७. प्रतिवेदन तथा अभिलेखीकरण

• दैनिक, साप्ताहिक तथा मासिक सञ्चालन प्रतिवेदन तयार गर्ने।

• विभागीय प्रगति विवरण संकलन गर्ने।

• निर्णय कार्यान्वयनको Tracking System सञ्चालन गर्ने।

• आवश्यक तथ्यांक अद्यावधिक राख्ने।

९. नीति तथा प्रक्रिया कार्यान्वयन

• संस्थाका नीति, कार्यविधि तथा SOP कार्यान्वयनको अनुगमन गर्ने।

• आवश्यक सुधारका लागि सुझाव दिने।

• नयाँ प्रक्रिया लागू गर्न विभागहरूलाई सहजीकरण गर्ने।

योग्यता (Qualification)

• व्यवस्थापन, सार्वजनिक प्रशासन, विकास अध्ययन वा सम्बन्धित विषयमा कम्तीमा स्नातक (स्नातकोत्तरलाई प्राथमिकता)।

• सञ्चालन व्यवस्थापन वा प्रशासन क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव।

• गैरनाफामूलक संस्था (NGO/INGO) वा बहु-शाखा संस्थामा अनुभव भए प्राथमिकता।

आवश्यक सीप (Required Competencies)

• नेतृत्व क्षमता

• समन्वय तथा सञ्चार सीप

• समस्या समाधान क्षमता

• प्रतिवेदन लेखन

• विश्लेषणात्मक सोच

• योजना तथा समय व्यवस्थापन

• Microsoft Office तथा MIS प्रयोग गर्ने क्षमता

• निर्णय कार्यान्वयन अनुगमन गर्ने क्षमता

• Conflict Management

• Team Coordination

• Result-Oriented Working

• IT Friendly

How to Apply:

Interested candidates are requested to apply through Website or send their updated CV/Resume to:

recruitment@msa.org.np

Please mention "Application for[Position Name]" in the subject line of the email.

Only shortlisted candidates will be contacted for further selection process.

Supporting Document