Admin Assistant
प्रशासन सहायकको कार्यविवरण :
१) सम्पूर्ण कार्यालय सचिवहरुबाट सम्पादन गराउनुपर्ने सेवाहरुको सूची बनाई त्यसको
प्रभावकारी कार्यान्वयन र अभिमुखीकरण सम्बन्धी कार्य गर्ने ।
२) प्रशासन बिभागको दैनिक, साप्ताहिक, मासिक र वार्षिक रुपमा हुने कार्यहरुमा सहजीकरण
गर्ने ।
३) जिल्ला शाखाहरुको मासिक प्रगति प्रतिवेदन संकलन गर्ने, आवश्यक सहयोग, समन्वय,
सहजीकरण गर्ने । संस्थाको महत्वपूर्ण कार्यक्रमहरुको अभिलेख राख्ने र प्रतिवेदन तयार
गर्ने ।
४) अति महत्वपूर्ण कागजातहरुको सुरक्षा, अभिलेखिकरण र पञ्जिकरण गर्ने ।
५) आवश्यकता अनुसार बैठक संचालन र माइनुट लेखन गर्ने । चिठी, प्रस्ताव, प्रतिवेदन,
आदि प्रशासनिक डकुमेण्टहरु तयार गर्ने ।
६) संस्थाको मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गर्न आवश्यक
तथ्याङ्क तथा विवरण संकलन गर्ने, मस्यौदा तयार गर्ने ।
७) संस्थाको प्रशासनिक सेवालाई सहज र सरल बनाउन बिभागले तयार गरेका फारमहरु
तयार पारी कार्यान्वयन गर्ने÷गराउने ।
८) कार्यालयको इमेल, पत्राचार, सूचना सम्प्रेषण, आधिकारिक कागजातको प्रिन्ट, प्रतिलिपि,
स्क्यान तथा डिजिटल फाइल व्यवस्थापन सम्बन्धी कार्य सम्पादन गर्ने ।
९) संस्थाको सम्पत्ति, उपकरण तथा प्रशासनिक सामग्रीको अभिलेख अद्यावधिक राख्ने तथा
नियमित निरीक्षण, संरक्षण र जिम्मेवारी हस्तान्तरण सम्बन्धी अभिलेख व्यवस्थापन गर्ने ।
१०) कार्यालयमा प्रयोग हुने प्रशासनिक सामग्री, स्टेशनरी तथा अभिलेख सामग्रीको
आवश्यकता पहिचान गरी खरिद प्रक्रियाका लागि आवश्यक विवरण तयार गर्ने तथा
मौज्दात अभिलेख अद्यावधिक राख्ने ।
११) सुपरभाइलरले तोके बमोजिम भैपरी आउने कार्यहरु गर्ने । कार्यविवरण आवश्यकताको
आधारमा थपघट हुन सक्नेछ ।
१२) सबै आधिकारिक पत्र, निर्णय, सम्झौता, ःयग्, आदेश तथा अन्य महत्वपूर्ण
कागजातहरूको डिजिटल तथा भौतिक अभिलेख सुरक्षित राख्ने तथा आवश्यक पर्दा उपलब्ध
गराउने ।
१३) कार्यालयमा रहेका फर्निचर, उपकरण, सवारी साधन तथा अन्य सम्पत्तिको अभिलेख
अद्यावधिक राख्ने तथा वार्षिक भेरिफिकेसनमा सहयोग गर्ने ।
१४) शाखा कार्यालयहरूबाट माग गरिएका प्रशासनिक विवरण, प्रतिवेदन तथा आवश्यक
सूचनाहरू समयमै संकलन, विश्लेषण तथा समन्वय गर्ने ।