Published Date 2081-01-08

लोकप्रिय समाजसेवी गायिका आनी छोइङ डोल्मा ज्युद्धारा बेलायतमा सांगीतिक कन्सर्ट हुर्दैछ । गायिका छोइङले मानवसेवा आश्रम सहयोगार्थ आगामी मे ५ मा बेलायतमा आयोजना हुने कन्सर्टमा प्रस्तुति गर्न लाग्नुभएको हो ।मानवसेवा आश्रम बेलायत शाखाको आयोजनामा क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रम हुने भएको हो। कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्ड बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ । करिब ८ वर्षअघि बेलायतको रेडिङमा आनीको कन्सर्ट उल्लेख्य सहभागितामा सम्पन्न भएको थियो।

मानवसेवा आश्रमले विसं. २०८२ भित्र नेपालमा कसैले पनि बाध्यात्मकरुपमा खुलाअकाशमुनि, सडकपेटी एवम् सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउनु नपर्ने अवस्था बनाउने लक्ष्यसहित देशव्यापी अभियान चलाइरहेको छ । संस्थाले हाल सातै प्रदेशका १९ जिल्लामा २४ सेवाकेन्द्र सञ्चालन गरी ७७ वटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आएको छ।