
मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारी कतारमा
Published on 2079-12-11
मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष श्रद्धेय गुरु राजमी अधिकारी ज्यू यतिखेर कतारमा हुनुहुन्छ ।
मानवता प्रवर्द्धन, साकारात्मक सोच र जीवनशैली निर्माणको लक्ष्य राखि आयोजना गरिएका कार्यक्रमलाई सहजीकरण गर्न उहाँ कतार जानुभएको हो ।
हिजो गोरखा समाज कतारको बार्षिकोत्सवको अवसरमा आयोजना भएको उत्प्रेरणात्मक कार्यक्रमलाई सहजीकरण गर्नुभएको उहाँले आज नेपाली महिला समाज कतारको आयोजनामा हुने कार्यक्रमलाई सहजीकरण गर्नुहुनेछ । भोलि कतारका लागि नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रमलाई सहजीकरण गरेर नेपाल फर्कनुहुने कार्यक्रम तय भएको छ ।
जय मानवसेवा । जय मानवता ।।