Published on 2079-09-13

काठमाडौँ, १४ मङ्सिर ।

मुलुकका सडकपेटीहरुमा असख्त, असहाय तथा परिवारविहिन व्यक्तिहरुको अबस्था दयनीय छ । न्युनतम मानवोचित व्यवहारसमेत प्राप्त गर्न नसकेका र मागेर पनि खान नसक्ने उहाँहरुप्रति हेर्ने दृष्टिकोणमा अझै सुधार आउनसकेको छैन ।

यी यावत समस्या समाधान र उनीहरुप्रति सकारात्मक सोचको विकास गर्दै मानवता प्रवद्र्धन गर्नु आजको टड्कारो आवश्यकता रहेको महसुस गर्दै उनीहरुकै क्षेत्रमा काम गर्दै आएको संस्था मानवसेवा आश्रमले मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गर्यो । त्यसको अन्तिम कार्यक्रम यही १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ । कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको छ ।

सङ्गीतमार्फत मानवता प्रवद्र्धन गरी सडकआश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अबस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने अभियान चलाइएको मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

“सन्देश प्रवाहका लागि गीतसङ्गीत ससख्त माध्यम हो”, अध्यक्ष अधिकारीले भन्नुभयो, “त्यसैले हामीले मानवीय सेवाको प्रवद्र्धन र सडक आश्रित अभिभावकविहिन मानवहरुको व्यावस्थापनका लागि समाजमा सचेतना फैलाउन नेपथ्य व्याण्डसँगको सहकार्यमा देशव्यापी सङ्गीत यात्रा गरेका हौँ ।”

यसअघिका ९ वटा कार्यक्रम भव्यताका साथ सम्पन्न भइसकेको छ । हरेक कार्यक्रममा कम्तिमा ५ हजारदेखि ८ हजार भन्दा बढी संगीत पारखीको सहभागितामा कार्यक्रम सम्पन्न भएकाले पनि मानवताका लागि यो कार्यक्रम कोसेढुंगा सावित भएको आश्रमको भनाइ छ ।

उक्त कार्यक्रमको शुरुवात यही १६ गते शुक्रबार विराटनटरको हाटखोला मैदानबाट भएको थियो ।

कार्यक्रमको टिकट र प्रायोजनबाट आउने रकम नितान्त रुपमा सडकआश्रित मानवहरुको व्यवस्थापनमा नै खर्च गरिनेछ ।

आश्रममा हाल एक हजार ६०० सडकआश्रित मानवहरु संरक्षित रहेका छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडक पेटिमा वेवारिसे मानिसहरु नरहने अबस्था निर्माण गर्ने योजनाका साथ काम गरिरहेको छ ।

महिनाव्यापी अभियान अन्तरगत मङ्सिर १६ गते विराटनगर, मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम भएको थियो ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम सम्पन्न भइसकेको छ । अभियानको अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।

नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताउँदै आउनुभएको छ ।। उहाँले मानवताको बाटोमा आफू हिँड्न कोसिस गरिरहेको र आश्रममा आश्रित परिवारविहिनहरुका निम्ति सङ्गीतमार्फत अरू धेरै काम गर्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

उहाँले हरेक कार्यक्रममा मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमलाई सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ । आश्रमका सचिव सुमन वर्ताैलाले काठमाडौँको कार्यक्रम अझै भव्य हुने र धेरै ठाउँबाट अत्याधिक फोनहरु आइरहेकाले टिकट अपुग हुने देखिएको बताउनुभयो ।