Published on 2079-08-05

हेटौँडा, ५ मंसिर ।

मकवानपुरका सामाजसेवी प्रकाश पौडेल मानवसेवा आश्रममा आश्रित असहाय, बेसहारा, अभिभावकविहिन तथा सडकबाट उद्धार गरिएका मानवहरुका लागि नियमित भोजनसेवा दाता बन्नुभएको छ ।

उहाँले एक दिनको एक समयको आजिवन वार्षिक भोजनसेवा दाता बनी वार्षीक मानवीय सेवामा आश्रमलाई ठुलो योगदान पुर्याउनुभएको आश्रमले जनाएको छ ।

उहाँले रु एक लाख ११ हजार १११ योगदान गरी मानसेवा आश्रम मुख्य कार्यालय हेटौंडाको सेवा सहजतामा टेवा पुर्याउनुभएको हो । आश्रमले एक दिनको एक समयको वार्षीक आजिवन विहानको खाजा वा दिउँसोको खाजासेवा दाता बन्नका लागि रु ६१ हजार १११ निर्धारण गरेको छ। यस्तै एक दिनको एक समयको विहान वा साँझको आजिवन भोजनसेवा दाता हुनको लागि रु एक लाख ११ हजार १११ निर्धारण गरेको छ ।

यस्तै एक दिनभरीको आजिवन भोजनसेवा दाता बन्नका लागि रु २ लाख ६१ हजार ११ निर्धारण गरिएको छ । निर्माण सम्पन्न हुने चरणमा रहेको मानवसेवा आश्रमको मानवताको मन्दिर निर्माण (भवन) मा योगदान गर्न चाहनुहुने दातहरुक लागि १ कोठा निर्माण गर्न रु पाँच लाख, ११ हजार निर्धारण गरिएको छ भने रु ११ हजार १११ देखि माथि योगदान गर्नुहुने दाताहरुको आश्रमको प्राङ्गणमा स्थापना गरिने शिलालेखमा नाम अंकित गरिने आश्रमले जनाएको छ ।

यस्तै १ वेसाहाराको १ अभिभावक अभियानमा जोडिन चाहनुहुने मानिसले मासिक रु पाँच हजारका दरले सहयोग गर्न सक्नुहुने जनाइएको छ ।