Published on 2079-02-27

जेष्ठ २७ गते, शुक्रबार । दोलखा जिल्ला सैलुङ गाउँपालिका घर हुनुभएका एक जना बुवाको पारिवारिक पुनर्मिलन भएको छ ।

शंख नारायण श्रेष्ठ नाम गरेका ७५ बर्षिय वृद्धको साथमा भएको नागरिकताको आधारमा उहाँको वर्तमान ठेगाना पत्ता नलागेपछि सामाजिक सञ्जालमा उहाँको बारेमा पोष्ट गरि परिवार खोजी गर्दा उहाँको परिवार पत्ता लागेको हो । उहाँलाई लिन नाती दुर्गा कुमार श्रेष्ठ, टंक श्रेष्ठ र राम कालिराज मानवसेवा आश्रमको काठमाडौं, रानीबन सेवा केन्द्रमा आउनुभएको थियो ।

मिति २०७९ जेठ २५ गते प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरिक्षक अमृत बहादुर बस्नेतका अनुसार प्रहरीले चौकीमा नै राखेर २ दिनसम्म खोजी गर्दा पनि परिवार नभेटेपछि मानवसेवा आश्रमको संरक्षणमा पठाइएको बताउनुभयो ।

यस्तै १६ नं. वडा कार्यालयको सिफारिस पत्रको आधारमा उहाँको संरक्षणका लागि आश्रममा ल्याइएको हो ।

उहाँलाई लिन आउनुहुने नाति सोह्रखुट्टे प्रहरी वृत्त सँगै जोडिएको घरमा बस्नुहुन्छ ।