Published on 2079-05-13

हेटौंडा – मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) सोमबार १० औँ बार्षिकोत्सव मनाउँदै छ । कार्यक्रम मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडा ९, लामसुरेधापमा हुनेछ ।

वि.स २०६९ साल भदौ १३ गतेका दिनदेखी औपचारिक रुपमा सेवा सुरुवात गरेको मानवसेवा आश्रमले १० बर्ष पुरा गरी ११ औँ बर्ष प्रवेश गर्दै गर्दा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम मानवसेवा आश्रमका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूको सभाध्यक्षता र बागमती प्रदेश सरकारका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।

कार्यक्रम दिउँसो २ बजेदेखी ५ बजेसम्म हुनेछ ।