Published on 2078-12-15

मानवसेवा आश्रम चितवन शाखामा आमा दिदीबहिनीहरुको आवास लक्ष्मी भवनको शिलान्यास, भवन निर्माणका लागि आश्रम र भरतपुर महानगरपालिकाको सहकार्य

मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) चितवन शाखाको भवननिर्माण शिलान्यास सम्पन्न भएको छ । यस भवन निर्माणका लागि भरतपुर महानगरपालिका र मानवसेवा आश्रमको संयुक्त र बराबर लगानी रहने छ ।

मानवसेवा आश्रमको पहिलो शाखाको रुपमा रहेको चितवन शाखा हाल भरतपुर-१० बाइपास रोडमा सन्चालनमा छ । यस घर भाडाबाट मुक्त भइ आफ्नै संरचनामा स्थानान्तरणको तयारीमा रहेको आश्रमले भरतपुर-३, बेलचोकमा दाताहरुबाट प्राप्त जग्गामा संरचना निर्माणको कार्य गरिरहेको छ ।

दाताहरुबाट जग्गा प्राप्त हुँदा नै भएको दुईतले भवनलाई स्तरवृद्धि गरि ५ तले भवन बनाइएको छ जसमा आश्रमको प्रशासनिक, स्वास्थ्य उपचार र सक्ने किसिमका लक्ष्मीनारायण र बालगोपालहरुको आवासको व्यवस्थापन गरिनेछ ।

त्यस्तै निर्माणको अन्तिम चरणमा रहेको संरचना जहाँ नारायण आवास रहनेछ, त्यसको निर्माण अन्तिम चरणमा छ भने अब भरतपुर महानगरपालिका र आश्रमको सहकार्यमा लक्ष्मी भवनको शिलान्यास भएको छ ।

शिलान्यास कार्यक्रम भरतपुर महानगरपालिकाका नगर प्रमुख एवं आश्रमको अभिभावक आदरणीय रेणु दाहालज्यूको प्रमुख आतिथ्यता र मानवसेवा आश्रम चितवन शाखाका भौतिक विकास प्रवर्द्धन समितिका संयोजक एवं जग्गादाता आदरणीय प्रेम कुमार श्रेष्ठज्यूको सभापतित्वमा भएको थियो ।

प्रशासकिय प्रमुख आदणीय रामबन्धु सुवेदी ज्यू, भरतपुर महानगरपालिका वडा न.३ का वडा अध्यक्ष एवम् हाम्रा अभिभावक आदरणीय चन्द्रमित्र पण्डित ज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख आदरणीय नवराज अधिकारी ज्यू, सशस्त्र प्रहरी बल चितवनका प्रमुख आदरणीय मनोज थापा ज्यू, लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि टुका गभर्नर तथा आश्रमको सुरुवाती समयबाट हामीलाई अभिभावकतब प्रदान गर्नु हुने आदरणीय राम प्रसाद भट्ट ज्यू, हाम्रा अभिभावक तथा जग्गादाता ममतामयि आमा कल्याणी श्रेष्ठ ज्यू, साथै समाजसेवी तथा स-परिवार एवम् विभिन्न टोल बिकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि ज्यूहरु, भवन निर्माण कार्यलाई सहज बनाउन एक कोठा निर्माण सहयोगी दाता ज्यूहरु, लगायत पत्रकार ज्यूहरु को उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमको सेवालाई तन, मन र धनको त्रिवेणीबाट साथ, सहयोग र अभिभावकत्व प्रदान गर्दै आइरहनुभएका सम्पूर्ण परोपकारी मनहरुमा साधुवाद अर्पण गर्दछौं ।