
नेश्नल सोसियल वेलफियर अवार्ड २०२१ बाट मानवसेवा आश्रमका प्रमुख संस्थापक सम्मानित
Published on 2078-12-13
नेश्नल सोसियल वेलफियर अवार्डबाट मानवसेवा आश्रमका प्रखुम संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी ज्यू, सम्मानित हुनुभएको छ ।
सिजन मिडिया प्रा.लि.ले राष्ट्रिय नाँचघर जमलमा आयोजना गरेको एक विशेष समारोहमा उहाँ सम्मानित हुनुभएको हो ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारी ज्यूसहित विभिन्न विधामा सामाजिक क्षेत्रमा समर्पित सामाजिक अभियान्ताहरुलाई समेत सम्मान गरेको छ ।