Published on 2079-02-25

गोरखा, जेष्ठ २५ गते । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ३ का एकै परिवारका ४ जना बालबालिका र उनीहरुका बुबाको उद्धार गरिएको छ ।

उद्धार गरिएका पाँचै जना मानवसेवा आश्रम गोरखा शाखाको संरक्षणमा हुनुहुन्छ ।

जेठी छोरी वर्ष १२ कि अनिसा परियार, छोरा बर्ष १० को सन्देश परियार, छोरा बर्ष ६ को देव परियार र छोरा ३ बर्षको रञ्‍जित परियारको उद्धार गरिएको हो ।

आमाले ३ बर्ष अगाडी छोडेर परपुरुषसँग बेपत्ता भएको र बुबा बोल्न नसक्ने, कानले समेत नसुन्ने र सुस्तमनस्थितिको कारण छोराछोरीहरुको हेरचाह गर्ने कोहि भएनन् ।

त्यसपछि छोराछोरीहरु मागेर हिड्ने र मागेर गुजारा चल्न छोडेपछि चोरीडकैति जस्ता कार्यमा संलग्न भएकाले स्थानीय व्यक्तिहरू, पत्रकारज्यूहरु र जनप्रतिनिधिज्यूहरूको उपस्थितिमा उद्धार गरिएको हो ।