Published on 2079-02-30

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाह र उप प्रमुख सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय, हेटौंडाको अवलोकन गर्नुभएको छ।

बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उप-प्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा हेटौंडा जानुभएको समयमा प्रमुख शाह र उप प्रमुख डंगोलले संयुक्त रूपमा आश्रमको अवलोकन गर्नुभएको हो ।

यस क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, काठमाण्डौ महानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराउनुभएको थियो ।